Saturday’s on-site art workshop campaign has been in operation for the past two and a half years. Our main goal is to bring a limited number of artists in our studio to the open sky of nature, to study natural colors while living in nature, to encourage the creation of art on issues such as nature-heritage and to give a new height to Nepali art.

There have been different art activities at different stages to elevate Nepali art. However, the various influences that have come in the art are definitely affecting the Nepali art style, themes as well as the original qualities. This kind of influence has been seen in today’s contemporary art field as well. At one time Nepali visual painting was popular. At the same time, unique paintings of Nepali daily life, streets and architecture set a standard for Nepali art. But now the trend is reversing. At the same time, the tradition of depicting nature on the spot is gradually disappearing. However, there is no shortage of artists who create art locally. Despite being busy with his business schedule at other times, the campaign of a group of artists interested in the subject has become a ‘Saturday Plein Air Workshop’.

Starting from a small group, our campaign has now reached different parts of the country. We are even more excited to find artists joining the campaign, not only in the country but also abroad. The campaign has already conducted workshops in various heritage areas of Kathmandu Valley as well as Rasuwa, Bhotekoshi-Sindhupalchok, Rupandehi and other districts. We are very happy to announce that our country has taken this campaign not only in the country but also in different parts of India. The campaign is gaining prominence as artists who do not want to be confined to the border and art with unlimited potential are truly breaking down geographical boundaries and building boundless relationships.

The whole human world is in a very awkward situation at this time. While every region of the world is being attacked by Covid-19, Nepal and Nepali art have not been untouched by it. However, the creative mind and body are forced to be absorbed in the room. But we are forced to deal with the problem. In this context, the campaign is committed to advancing its activities through virtual media.

In this regard, on Saturday, October 10, 2020, we have organized a virtual art workshop for 27 Nepali-speaking artists living in Nepal, Sikkim, India and the United States. As the condition of being able to go to the lap of nature has not yet been created, the artist do not have to sit in his studio that day, but at home, on the porch, in the garden, on the roof or in the open sky of nature. We are excited to host an exhibition of the artwork created in that workshop on a virtual online called “Borderless Connection”. We believe that this exhibition will bring happiness to the art lovers who are deprived in the taste of art.

Dibesh Pradhan
Coordinator
Saturday Plein Air Workshop

शनिवारीय स्थलगत कला कार्यशाला अभियान विगत साढे २ वर्ष देखि संचालनमा छ । हाम्रो मुख्य ध्यय आफ्नो स्टुडियोमा मात्र सिमित कलाकारलाई प्रकृतिको खुल्ला आकाशमा ल्याउने, प्रकृतिमा बसेर प्राकृतिक रंगहरुको अध्ययन गर्ने, प्रकृति–सम्पदा जस्ता विषयमा कला सृजनामा प्रोत्साहित गर्ने र नेपाली कलालाई नयाँ उचाई दिने सानो प्रयत्न हो ।

नेपाली कलालाई माथी उठाउन विभिन्न चरणमा फरक फरक कला गतिविधी भएका छन् । यद्यपी कलामा आएका विभिन्न प्रभावले कहि नेपाली कलाशैली, विषयबस्तुका साथै मौलिक गुणलाई पनि अवश्य नै प्रभाव पारी रहेको हुन्छ । आजको समसामयिक कलाक्षेत्रमा पनि यस प्रकारको प्रभाव देखिदै आएको छ । कुनै समय नेपाली दृष्यकला चित्रण लोकप्रिय थियो । साथ साथै नेपाली दैनिक जनजीवन, गल्लीहरु र बास्तुकलाका अनुपम चित्रले नेपालीकलाको एउटा मानक तयार गरेको थियो । तर अहिले प्रवृत्ति फेरिदै गएको छ । साथ साथै स्थलगत रुपमा प्रकृति चित्रण वा स्थलगत चित्रणको परम्परा विस्तारै हराउदै गएको छ । तथापि स्थलगत रुपमै कला सृजना गर्ने कलाकारहरुको कमी पनि छैन । अरु बेला आफ्नो ब्यवसायीक कार्यतालिकामा ब्यस्त रहे पनि हप्ताको एकदिन शनिवार कला कर्ममा समय दिने दृढ अठोटका साथ यस विषयमा रुचि भएका कलाकारहरुको समुहको अभियान नै बनेको छ ‘शनिवारीय स्थलगत चित्रकला कार्यशाला’

सानो समुहबाट शुरु भएको हाम्रो अभियान अहिले देशका विभिन्न भागमा पुगिसकेको छ । देशमा मात्र नभई विदेशमा पनि यस अभियानसंग जोडिने कलाकारहरु पाँउदा हामी अझ उत्साहित भएका छौं । अभियानले यस अघि काठमाडौं उपत्यकाका विभिन्न सम्पदा क्षेत्रका साथै रसुवा, भोटेकोशी सिन्धुपाल्चोक, रुपन्देही आदि जिल्लामा कार्यशाला संचालन गरिसकेको छ । देशमा मात्र नभई भारतका बिभिन्न ठाउँमा समेत यो अभियानले मुर्त रुप लिईसकेको जानकारी गराउन पाउदाँ अत्यन्त खुसी महसुस भएको छ । सीमामा बाधिन नचाहने कलाकार र असिमित सम्भावना भएको कलाले साँच्चै भौगोलिक सीमालाई तोडेर सीमा बिहिन सम्बन्ध गास्दै अगाडि बढ्दै यस अभियानले विशिष्ठता हासिल गरिरहेको छ ।

सम्पूर्ण मानव जगत यति बेला निकै अप्ठ्यारो अवस्थामा छ । विश्वका हरेक क्षेत्र कोभिड–१९ बाट आक्रान्त भईरहेको अवस्थामा नेपाल र नेपाली कला पनि यस बाट अछुतो रहेन । सृजनशील मगज र शरीर कोठामा समेटिन बाध्य भएको अवस्था यद्यपि छदैछ । तर समस्या संग जुधेर जानु पर्ने बाध्यता हामीलाई आई लागेको छ । यसै सन्दर्भमा अभियानले भर्चुअल माध्यमबाट आफ्नो गतिविधीलाई अगाडी बढाउने जमर्को गरेको छ ।

यहि सन्दर्भमा गत असोज २४ गते तदअनुसार १० अक्टोबर २०२० शनिवारका दिन हामीले देश विदेश नेपाल, सिक्किम भारत र अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी २७ जना कलाकारहरुको भर्चुअल कला कार्यशाला आयोजना ग¥यौं । प्रकृतिको काखमा जान सक्ने अवस्था अझ नबनि सकेकोले सो दिन कलाकारले आफ्नो स्टुडियोमा नभई घर, कौशी, बारी, छत एंव प्रकृतिको खुल्ला आकाशमा बसेर कला सृजना गर्नु भयो । सो कार्यशालामा सृजित कलाकृतिको प्रदर्शनी “Borderless Connection” नामक भर्चुअल अनलाइनमा गर्ने जमर्को गर्न पाउदा हामी उत्साहित छौं । यो प्रदर्शनीले कलाको स्वाद लिनबाट बञ्चित कला अनुरागीहरुलाई पनि खुसी दिनेछ भन्ने विश्वास दिएका छौं ।

 

दिबेश प्रधान
संयाेजक
शनिवारीय स्थलगत चित्रकला कार्यशाला